जेठ ०५, २०८१, शनिबार
               

कोरोनाका कारण नौ दिनको फरकमा आमाछोरीको मृत्यु

नेपाल फ्ल्यास
कात्तिक ०९, २०७७

ADVERTISEMENT

काठमाडौं ।कोरोनाका कारण  कावासोतीमा नौ दिनको फरकमा आमाछोरीको मृत्यु भएको छ । मृत्युपश्चात दुवैमा गरीएको परीक्षणमा कोरोना पुष्टि भएको हो । 

कावासोती नगरपालिका–११ का वडाध्यक्ष शारदा अधिकारीले पिठौली चोककी ४० वर्षीया महिलाको बुधबार बिहान घरमै मृत्यु भएको चार दिनपछि उनमा कोरोना भएको पुष्टि भएको जानकारी दिए । 

असोज २६ गते घरमै निधन भएकी उनकी आमाको पनि पछि रिपोर्ट आउँदा कोरोना देखिएको थियो । आमालाई बिरामी परेको खबर आएपछि ती महिला उनको स्याहारसुसार गर्न खटिएकी थिइन् । त्यही क्रममा उनलाई संक्रमण भएको हुन सक्ने आफन्तको भनाइ छ ।

आइतबार ती महिलाका दाजु, भतिजा र छोरीको रिपोर्ट पनि पोजिटिभ आएको छ । वडाध्यक्ष अधिकारीका अनुसार आमाको मृत्युपछि कन्ट्याक्ट ट्रेसिङमा परेकी छोरीको कात्तिक ३ गते स्वाब संकलन गरिएको थियो । पूर्वी नवलपरासीमा कोरोना संक्रमणबाट एकै परिवारमा २ जनाको ज्यान गएको यो पहिलो घटना हो । आइतबारसम्म पूर्वी नवलपरासीमा कोरोना संक्रमणबाट १५ जनाको ज्यान गइसकेको छ ।

यो पनि