जेठ ०५, २०८१, शनिबार
               

कोरोनाका कारण पछिल्लो २४ घन्टामा १३ जनाको ज्यान गयो

नेपाल फ्ल्यास
कात्तिक ०८, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपालमा कोरोना संक्रमणका कारण पछिल्लो २४ घन्टामा १३ जनाको ज्यान गएको छ । शनिबार उल्लेखित संख्याको कोरोनाका कारण ज्यान  गएसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या आठ सय ४२ पुगेको छ ।

शनिबारसम्म पिसिआर विधिबाट १३ लाख ८० हजार ८६२ परीक्षण गरिएको छ ।  यस्तै क्वारेन्टाइनमा रहनेको संख्या ३ हजार ३२२ छ ।

शनिबार नेपालमा थप दुई हजार दुई सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा संक्रमितको संख्या १ लाख ५५ हजार २ सय ३३ पुगेको छ । योसँगै देशभर सक्रिय संक्रमितको संख्या ४६ हजार ५७ पुगेको छ ।

त्यसैगरी, पछिल्लो २४ घण्टामा दुई हजार ८४६ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएसँगे निको हुनेको एक लाख आठ हजार ३३४ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या तीन हजार ३२२ जना छन् ।


कस्तो लाग्यो ?

यो पनि