जेठ ०५, २०८१, शनिबार
               

कोरोनाका कारण पाल्पामा थप एक जनाको मृत्यु

नेपाल फ्ल्यास
कात्तिक ०८, २०७७

ADVERTISEMENT

बुटवल । कोरोनाका कारण पाल्पामा थप एक जनाको मृत्यु भएको छ । 

तानसेन नगरपालिका–१ गैरागाउँका ५६ वर्षीय पुरुषको उपचारका क्रममा मिसन अस्पताल तानसेनमा शनिबार बिहान मृत्यु भएको हो । उनमा असोज ३० मा कोरोना संक्रमण पुष्टि भएको थियो । मृतक पुरुष ढाड दुख्ने समस्याका कारण सो अस्पताल भर्ना भएका थिए । 

स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीका अनुसार योसँगै पाल्पामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या आठ पुगेको छ। स्वास्थ्य कार्यालय पाल्पाका अनुसार हाल जिल्लामा दुई सय ८२ जना सक्रिय संक्रमित छन् ।

यो पनि