जेठ ०५, २०८१, शनिबार
               

विराटनगरमा दुई कोरोना संक्रमितको मृत्यु

नेपाल फ्ल्यास
कात्तिक ०८, २०७७

ADVERTISEMENT

विराटनगर । विराटनगरको नोबेल मेडिकल कलेजमा दुई कोरोना संक्रमितको मृत्यु भएको छ । शनिबार सुनसरी र इलामका एक/एक जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

गढी गाउँपालिका– ९ सुनसरी घर भएका ३८ वर्षीय पुरुष र इलाम नगरपालिका– २ इलाम घर भएकी ५९ वर्षीय महिलाको मृत्यु भएको नोबेल मेडिकल कलेज प्रबन्धक नारायण दाहालले जानकारी दिए । 

सुनसरीका ३८ वर्षीय युवकको शनिबार बिहान करिब ४ बजे मृत्यु भएको हो । मृतक युवक ३ कात्तिकमा नोबेलमा भर्ना भएका थिए । उनलाई सोही दिन कोरोना पोजेटिभ देखिएको थियो । ती पुरुषमा निमोनियाको समस्या पनि थियो ।त्यसैगरी, इलामकी महिलालाई श्वासप्रश्वासमा समस्या देखिएपछि ४ कात्तिकमा कलेजमा भर्ना गरिएको थियो । उनलाई सोही दिन कोरोना पोजेटिभ देखिएको थियो ।

यो पनि