जेठ ०५, २०८१, शनिबार
               

काठमाडौं उपत्यकामा पछिल्लो २४ घन्टामा थप २७२० जनामा कोरोना पुष्टि

नेपाल फ्ल्यास
कात्तिक ०७, २०७७

ADVERTISEMENT

काठमाडौं । दिन प्रतिदिन कोरोना संक्रमण फैलिँदै गइरहेका बेल राजधानी त्यसको मुख्यबिन्दु बनेको छ । काठमाडौं उपत्यकामा पछिल्लो २४ घन्टामा २७२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा २३५७, ललितपुरमा २३६ र भक्तपुरमा १२७ जनामा संक्रमण पुष्टि भएको हो । शुक्रबार पछिल्लो २४ घण्टामा देशभरमा ४४९९ जनामा कोरोना पुष्टि भएको छ ।

सक्रिय संक्रमितको संख्या काठमाडौं जिल्लामा २० हजार १९६, ललितपुरमा २५ सय ७४ र भक्तपुरमा १३ सय ६५ जना रहेको छ । होम आइसोलेसनमा काठमाडौं जिल्लामा १० हजार ५०१, ललितपुरमा २८ सय ९४ र भक्तपुरमा १७ सय १९ जना रहेका छन् ।

यो पनि