जेठ ०४, २०८१, शुक्रबार
               

गण्डकी प्रदेशमा शुक्रबार थप ४२ जनामा कोरोना सङ्क्रमण पुष्टि

नेपाल फ्ल्यास
कात्तिक ०७, २०७७

ADVERTISEMENT

काठमाडौं । गण्डकी प्रदेशमा शुक्रबार थप ४२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवम् गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा विनोदविन्दु शर्माका अनुसार योसँगै प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या ६ हजार ३०९ पुगेको छ । 

निर्देशनालयको अद्यावधिक विवरणअनुसार थपिनेमा नवलपरासी (बर्दाघाट सुस्ता पूर्व) का २१, बाग्लुङका नौ, म्याग्दीका तीन, तनहुँ, गोरखा र लम्जुङका दुई–दुई, पर्वत, कास्की र स्याङ्जाका एक–एकजना छन् । सङ्क्रमित सबैको आइसोलेसन व्यवस्थापनको तयारी भइरहेको जनाइएको छ । 


कस्तो लाग्यो ?

यो पनि