बैशाख २४, २०८१, सोमबार
               

पूर्वमन्त्री बास्कोटा दम्पतीलाई कोरोना संक्रमण

नेपाल फ्ल्यास
कात्तिक ०६, २०७७

ADVERTISEMENT

काठमाडौं । पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटालाई कोरोना संक्रमण भएको छ ।

उनीसँगै श्रीमती तारा मानन्धरको पनि कोरोना रिपोर्ट पोजेटिभ आएको बास्कोटाले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।

आफूलाई लक्षणबिना पोजेटिभ देखिएको र श्रीमतीलाई लक्षणसहित संक्रमण पुष्टि भएको उनले बताएका छन् । 

साथै आफ्ना दुवै छोराहरुको भने कोरोना रिपोर्ट नेगेटिभ आएको उनले बताएका छन् ।

गएको १० दिन यता आफूले कसैलाई नभेटेको समेत पूर्वमन्त्री बास्कोटाले जानकारी दिएका छन् । 


कस्तो लाग्यो ?

यो पनि