जेठ ०५, २०८१, शनिबार
               

कोरोना संक्रमित गर्भवतीसहित तीन जनाको मृत्यु

नेपाल फ्ल्यास
कात्तिक ०६, २०७७

ADVERTISEMENT

चितवन । भरतपुर अस्पतालमा कोरोना संक्रमित गर्भवतीको मृत्यु भएको छ ।

तनहुँको शुक्लागण्डकी नगरपालिका घर भई हाल मकवानपुरको हेटौंडा–५ बस्ने ३३ वर्षीया महिलाको बिहीवार बिहान उपचारको क्रममा मृत्युु भएको हो । 

स्वास्थ्य अवस्था थप जटिल हुँदै गएपछि ती महिलालाई बुधबार भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।

गत असोज ३० गते कोरोना संक्रमण पुष्टि भएकी महिलामा खोकी, श्वासप्रश्वासमा समस्या थियो । 

उनी ३७ हप्ताको गर्भवती भएको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए ।

बुटवलमा दुईको मृत्यु

बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

रुपन्देहीको तिलोत्तमा नगरपालिका–४ का ८१ वर्षीय पुरुष र अर्घाखाँचीको पधेरीका ३८ वर्षीय पुरुषको मृत्यु भएको हो ।

कात्तिक १ गते कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना भएका ८१ वर्षीय पुरुषको गएराति १२ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए ।

यस्तै असोज २२ गते कोरोना पुष्टि भएपछि अस्पताल भर्ना भएका अर्घाखाँचीका ३८ वर्षीय पुरुषको बुधबार राति साढे ९ बजे मृत्यु भएको डा. गौतमले बताए ।


कस्तो लाग्यो ?

यो पनि