जेठ ०५, २०८१, शनिबार
               

कोरोनाका कारण प्रहरी हवल्दारको मृत्यु

नेपाल फ्ल्यास
कात्तिक ०६, २०७७

ADVERTISEMENT

चितवन । कोरोना भाइरस संक्रमणका कारण एक जना प्रहरी हवल्दारको मृत्यु भएको छ । 

मृत्यु हुनेमा रत्ननगर नगरपालिका वडा नम्बर १२ का ४० वर्षीय पुरुष रहेका छन् । 

उनको  चितवन मेडीकल कलेजमा बुधबार बेलुका मृत्यु भएको हो ।

अस्पतालका निर्देशक डा. दयाराम लम्सालका अनुसार क्यान्सरका बिरामी उनलाई ज्वरो, खोकीका कारण असोज २१ गते अस्पतालमा भर्ना गरिएको थियो । 

असोज २३ गते कोरोना संक्रमण पुष्टि भएका उनको कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा मृत्यु भएको हो । 

क्यान्सर रोगका कारण काम गर्न नसक्ने भएपछि उनको घरमानै बसेर उपचार गराई रहेको अवस्थामा बुधबार कोरोना संक्रमणका कारण मृत्यु भएको प्रहरीले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि