जेठ ०५, २०८१, शनिबार
               

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा एक कोरोना संक्रमित महिलाको मृत्यु

नेपाल फ्ल्यास
कात्तिक ०५, २०७७

ADVERTISEMENT

काठमाडौं । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।

गडी–४ सुनसरीकी ५५ वर्षीया महिलाको उपचारको क्रममा गएराति मृत्यु भएको हो । सो प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठका अनुसार ती महिलामा उच्च रक्तचाप समस्या पनि थियो । उनमा अस्पताल भर्ना भएकै दिन कोरोना पुष्टि भएको थियो । 

नेपालमा मंगलबार मात्रै थप तीन हजार ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  देशभर सक्रिय संक्रमितको संख्या ४१ हजार ७५५छन् । त्यस्तै संस्थागत आइसोलेसनमा रहनेको संख्या १३ हजार ५५९ छन् ।  पछिल्लो २४ घण्टामा थप दुई हजार १०८ कोरोना संक्रमित निको भएका छन् ।

यो पनि