मंसिर ०७, २०८१, शुक्रबार
               

कोरोनाबाट म्याग्दीमा थप एकको मृत्यु

नेपाल फ्ल्यास
कात्तिक ०५, २०७७

ADVERTISEMENT

बेनी । म्याग्दीमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पताल अन्तरगत कोभिड–१९ उपचार केन्द्रको सघन उपचार कक्ष (आइसीयू) मा उपचाररत धवलागिरि गाउँपालिका–७ का ८५ वर्षीय पुरुषको मङ्गलबार राति मृत्यु भएको हो ।

गत असोज २९ गते कोरोना सङ्क्रमण भएपछि केन्द्रको आइसीयूमा भर्ना भएर उपचार गराइरहेका उनको दुवै फोक्सोमा निमोनिया तथा मिर्गौलाको समस्यासमेत देखिएको अस्पतालले जनाएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या ५७ पुगेको छ ।


कस्तो लाग्यो ?

यो पनि