जेठ ०५, २०८१, शनिबार
               

गण्डकी मेडिकल कलेजमा उपचाररत एक कोरोना संक्रमित पुरुषको मृत्यु

नेपाल फ्ल्यास
कात्तिक ०४, २०७७

ADVERTISEMENT

पोखरा । पोखरास्थित गण्डकी मेडिकल कलेजमा उपचाररत एक कोरोना संक्रमित पुरुषको मंगलबार मृत्यु भएको छ । 

गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माका अनुसार उपचारको क्रममा पोखरा महानगरपालिका–२२ का ४४ वर्षीय पुरुषको मृत्यु भएको हो । 

निमोनिया र श्वासप्रश्वाससम्बन्धी समस्या रहेका उनको सोमबार कोरोना संक्रमण पुष्टि भएको थियो । योसँगै कोरोना संक्रमणबाट गण्डकीमा मृत्यु हुनेको संख्या ५५ पुगेको छ ।


कस्तो लाग्यो ?

यो पनि