जेठ ०५, २०८१, शनिबार
               

आइसियूमा उपचाररत कोरोना संक्रमितको मृत्यु

नेपाल फ्ल्यास
कात्तिक ०४, २०७७

ADVERTISEMENT

चितवन । पुरानो मेडिकल कलेजमा उपचारका क्रममा कोरोना संक्रमित एक वृद्धको मृत्यु भएको छ । 

मृत्यु हुनेमा खैरहनी नगरपालिका–१० का ६७ वर्षीय वृद्ध रहेको कलेजले जनाएको छ ।

निमोनियासम्बन्धी उपचारका लागि असोज २९ गते अस्पतालमा भर्ना भएका वृद्धलाई कात्तिक ३ गते कोरोना संक्रमण पुष्टि भएको थियो । 

उनको आज बिहान मृत्यु भएको अस्पतालले जनाएको छ । 

कोरोना संक्रमण पुष्टि भई कोभिड सघन उपचार कक्ष (आइसियू) मा उपचारका क्रममा उनको मृत्यु भएको हो ।


कस्तो लाग्यो ?

यो पनि