जेठ ०५, २०८१, शनिबार
               

कोरोना संक्रमणबाट ४१ वर्षीया महिलाको मृत्यु

नेपाल फ्ल्यास
कात्तिक ०४, २०७७

प्रतिकात्मक फोटो
ADVERTISEMENT

रुपन्देही । बुटवलस्थित धागो कारखानामा रहेको कोरोना विशेष अस्थायी अस्पतालमा थप एक जना संक्रमितको मृत्यु भएको छ।

बुटवल उपमहानगरपालिका ११ की ४१ वर्षीया महिलाको आज (मंगलबार) बिहान मृत्यु भएको हो ।

सोमबार कोरोना संक्रमण पुष्टि भएर अस्पताल भर्ना भएकी उनलाई आइसियू राखेर उपचार गरिएको थियो । 

उनको आज बिहान ५:१० बजे मृत्यु भएको अस्पतालका कोरोना फोकलपर्सन डा. सुदर्शन थापाले जानकारी दिए ।

ती महिलामा मधुमेहको समस्या समेत रहेको थापाले बताए ।


कस्तो लाग्यो ?

यो पनि