जेठ ०५, २०८१, शनिबार
               

सोमबार थपिए ३ हजार ७९० संक्रमित

नेपाल फ्ल्यास
कात्तिक ०३, २०७७

ADVERTISEMENT

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ३ हजार ७९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ३६ हजार ३६ पुगेको छ ।

आज ४० हजार ७२८ जना सक्रिय संक्रमित रहेका छन् । आजसम्म जना १३ हजार ८५१ जना संस्थागत आइसोलेशनमा छन् । २६ हजार ९२७ जना होम आइसोलेसनमा छन् । ४ हजार ४७० जना क्वारेन्टाइनमा छन् ।

पछिल्लो २४ घण्टामा १५ हजार ७१४ जनाको पीसीआर परीक्षण गरिएको छ । हालसम्म १३ लाख  ९१८ जनाको पीसीआर परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

आज देशका विभिन्न अस्पतालबाट २ हजार ३३५ जना कोरोनामुक्त भएर डिस्चार्ज भएका छन् । योसहित कोरोना संक्रमणमुक्त भएपछि डिस्चार्ज हुनेको संख्या ९४ हजार ५०१ पुगेको छ ।

 


कस्तो लाग्यो ?

यो पनि