जेठ ०५, २०८१, शनिबार
               

कोरोनाबाट गण्डकी प्रदेशमा ५० जनाको मृत्यु, संक्रमित संख्या पाँच हजार ७८६

नेपाल फ्ल्यास
कात्तिक ०३, २०७७

ADVERTISEMENT

गण्डकी । गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण हालसम्म ५० जनाको मृत्यु भएको छ । तीन हजार ४९९ जना निको भएको बताइएको छ । गण्डकी प्रदेश स्स्वास्थ्य निर्देशनालयका अनुसार आइतबारको विवरणमा थप ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रदेशमा कोरोना संक्रमितको संख्या पाँच हजार ७८६ पुगेको निर्देशक एवं गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोदविन्दु शर्माले जानकारी दिए । प्रदेशमा हालसम्म कुल ८१ हजार ५१५ जनाको नमूना परीक्षण गरिएको छ ।


कस्तो लाग्यो ?

यो पनि