जेठ ०५, २०८१, शनिबार
               

आइतबार थपिए २ हजार ९४२ संक्रमित

नेपाल फ्ल्यास
कात्तिक ०२, २०७७

ADVERTISEMENT

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार ९४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ३२ हजार २४६पुगेको छ ।

आज ३९ हजार ३४१ जना सक्रिय संक्रमित रहेका छन् । आजसम्म जना १२ हजार ९३३ जना संस्थागत आइसोलेशनमा छन् । २६ हजार ४०८ जना होम आइसोलेसनमा छन् ।

पछिल्लो २४ घण्टामा १४ हजार ८७५ जनाको पीसीआर परीक्षण गरिएको छ । हालसम्म १४ लाख ८४ हजार ४८० जनाको पीसीआर परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

आज देशका विभिन्न अस्पतालबाट २ हजार ३२६ जना कोरोनामुक्त भएर डिस्चार्ज भएका छन् । योसहित कोरोना संक्रमणमुक्त भएपछि डिस्चार्ज हुनेको संख्या ९२ हजार १६६ पुगेको छ ।

 


कस्तो लाग्यो ?

यो पनि