सुनसरी । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत थप एक कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ ।
मृत्यु हुनेमा इटहरी-१ सुनसरीका ७९ वर्षीय पुरुष रहेका छन् ।
आइतबार बिहान ३:०० प्रतिष्ठानको कोभिड अस्पतालमा उनको मृत्यु भएको अस्पतालका सह–प्रवक्त डा. आशिष श्रेष्ठले जानकारी दिए ।
डा. श्रेष्ठका अनुसार, उनी दीर्घ रोगी थिए ।
शवको उचित व्यवस्थाका लागि तयारी भइरहेको अस्पतालले जानकारी दिएको छ ।