पोखरा । शसस्त्र प्रहरीमा कार्यरत (कोराना संक्रमित) एक प्रहरी जवानको मृत्यु भएको छ ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार शसस्त्र प्रहरी बल मुस्ताङमा कार्यरत २५ वर्षीय शसस्त्र प्रहरी जवानको कोरोनाका कारण मृत्यु भएको हो ।
उनको गए राति ११:३० वजे मणीपाल शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको निर्देशक विनोद विन्दु शर्माले जानकारी दिए ।
असोज २५ गते अस्पताल भर्ना भएका उनमा २७ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनको स्थायी ठेगाना वागलुङ ढोरपाटन नगरपालिका ७ हो ।
योसँगै गण्डकी प्रदेशमा मात्रै ४८ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।