मंसिर ०७, २०८१, शुक्रबार
               

कोरोनाका कारण विराटनगर र रुपन्देहीमा थप एक/एक जनाको मृत्यु

नेपाल फ्ल्यास
असोज ३०, २०७७

ADVERTISEMENT

विराटनगर । विराटनगरमा कोरोनाका कारण थप एक जनाको मृत्यु भएको छ । विराटनगर महानगरपालिका- ३ बुद्धचोक निवासी संक्रमित पुरुषको नोबेल शिक्षण अस्पतालमा मृत्यु भएको हो । अस्पताल प्रबन्धक नारायण दाहालले ६५ वर्षीय पुरुषको शुक्रबार बिहान ३ बजेतिर मृत्यु भएको हो । 

त्यसैगरी, रुपन्देहीमा पनि थप एक जनाको मृत्यु भएको छ ।  तिलोत्तमा नगरपालिका– २ का ६७ वर्षीय पुरुषको बुटवल धागो काराखानास्थित कोरोना विशेष अस्पतालमा शुक्रबार बिहान मृत्यु भएको हो ।

असोज २१ गते कोरोना संक्रमण पुष्टि भएका उनको शुक्रबार मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालले जानकारी दिएको छ । योसंँगै रुपन्देहीमा कोरोना संक्रमितको मृत्यु हुने संख्या ४६ पुगेको छ ।


कस्तो लाग्यो ?

यो पनि