जेठ ०७, २०८१, सोमबार
               

कोभिड–१९ बाट बच्न रणनीतिक मार्गचित्रसहित अघि बढ्न आवश्यक छ : राष्ट्रपति भण्डारी

नेपाल फ्ल्यास
असोज २९, २०७७

ADVERTISEMENT

काठमाडौं । आज अक्टोबर १५ विश्वभर विश्व हात धुने दिवस मनाइँदै छ । सन् २००८ यता हरेक अक्टोबर १५मा विश्व हात धुने दिवस मनाउँदै आएको नेपालले आज पनि ‘हातको सरसफाइ सबैका लागि, साबुनपानी हात, सधैँ साथसाथ’ भन्ने नाराका साथ दिवस मनाउँदै छ ।

विश्व हात धुने दिवसकै अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुभकामना शन्देश दिँदै कोभिड–१९ को विस्तार र संक्रमण रोक्न हातको स्वच्छता हुुनुपर्छ भन्ने सन्देश नागरिकसम्म पुर्‍याउनु अपरिहार्य भएको बताएकी छन् ।

उनले सो सन्देशमा कोभिड–१९ बाट आफू बच्न र अरुलाई पनि बचाउन हातको स्वच्छतासम्बन्धी अल्पकालीन, मध्यकालीन र दीर्घकालीन रणनीतिक मार्गचित्र बनाई तीनै तहका सरकारले समन्वयात्मक कार्य गर्नुपर्ने आवश्यकता उल्लेख गरेकी छिन् । 

यसका अलवा सो सन्देशमा साबुनपानीले २० सेकेण्डसम्म मिचिमिची हात धुँदा श्वासप्रश्वासजन्य एवं निमोनिया संक्रमण तथा झाडापखालामा कमी ल्याउन सकिने र इबोला, हेपाटाइटिस, सार्स जस्ता जीवाणुद्वारा लाग्ने रोगबाट पनि बच्न सकिने तथ्य अध्ययनले देखाएको औँल्याइएको छ । 

यो पनि