जेठ ०५, २०८१, शनिबार
               

कोरोनाबाट १५ वर्षीय किशोरको मृत्यु

नेपाल फ्ल्यास
असोज २४, २०७७

ADVERTISEMENT

काठमाडौं । कोरोनाबाट १५ वर्षीय किशोरको मृत्यु भएको छ । नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल, कोहलपुरमा उपचार गराइरहेका कोरोना संक्रमित १५ वर्षीय किशोरको मृत्यु भएको हो ।

घोराही उपमहानगरपालिका–३, गोग्लीका किशोरको शुक्रबार राति मृत्यु भएको शिक्षण अस्पताले जनाएको छ । स्वास्थ्यमा समस्या भएपछि मृतक किशोरलाई असोज १९ गते मेडिकल कलेजमा भर्ना गरिएको थियो ।

त्यही दिन उनमा कोरोना पुष्टि भएको जनाइएको छ । सबै प्रकारका उपचार गरिए पनि स्वास्थ्यमा सुधार नआएपछि उनलाई प्लाज्मा थेरापीसमेत दिइएको अस्पतालको भनाइ छ ।
 


कस्तो लाग्यो ?

यो पनि