जेठ ०५, २०८१, शनिबार
               

झापामा दुईजना कोरोना संक्रमितको मृत्यु

नेपाल फ्ल्यास
असोज २३, २०७७

ADVERTISEMENT

दमक । कोरोना संक्रमणबाट झापा, दमकका एक जना पुरुषको मृत्यु भएको छ । दमक नगरपालिका–९ का ५२ वर्षीय संक्रमित पुरुषको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान उपचारका क्रममा मृत्यु भएको हो ।

गत असोज १८ गते अस्पताल भर्नासँगै संक्रमण देखिएका उनको दिउँसो उपचारका क्रममा मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिए । यससँगै दमकमा कोरोना संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या तीन र जिल्लामा १२ पुगेको छ । दमकमा एक महिला र दुई संक्रमित पुरुषको मृत्यु भएको छ ।

राजविराज– सप्तरीमा कोरोना संक्रमणबाट बिहीबार साँझ थप एक वृद्धको मृत्यु भएको पुष्टि भएको छ । मृत्यु हुनेमा जिल्लाको डाकनेश्वरी नगरपालिका–४ निवासी ६७ वर्षीय वृद्धका रहेको जिल्ला स्वास्थय कार्यालयका प्रमुख दुनियालाल यादवले जानकारी दिए ।

उपचारका लागि धरानतर्फ पठाउने क्रममा ६७ वर्षीय वृद्धको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । स्वास्थ्य प्रमुख यादवका अनुसार चार–पाँच दिनअघि ज्वरो आएपछि उनी गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा भर्ना भएका थिए ।

सोही क्रममा एक दिन अगाडि स्वाब परीक्षण गर्दा उनमा संक्रमण भटिएपछि होम आइसोलेसन रहेका उनको थप उपचारका लागि लगिने क्रममा मृत्यु भएको  जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख यादवले बताउनुभयो ।

होम आइसोलेसनमा उनको स्वास्थ्य अवस्था गम्भीर भएपछि थप  उपचारका लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिने क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको  छ । मृतक निमोनिया रोगले ग्रसित रहेको जनाइएको छ ।

यससँगै सप्तरीमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १८ पुगेको स्वास्थ्य कार्यालय प्रमुख यादवले जानकारी दिए । यस्तै हालसम्म सप्तरीमा एक हजार ३५७ जनामा कोरोना संक्रमण देखिएको छ । संक्रमित मध्ये एक हजार ९६ निको भएर घर फर्किएका छन् ।


कस्तो लाग्यो ?

यो पनि