जेठ ०५, २०८१, शनिबार
               

उपत्यकाका पाँचसहित थप १२ संक्रमितको मृत्यु

नेपाल फ्ल्यास
असोज २२, २०७७

ADVERTISEMENT

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

काठमाडौं, भक्तपुर, ललितपुर, सुनसरी, धनुषा, चितवन, कास्की र सुर्खेतका आठ जना पुरुष र चार जना महिलाको मृत्यु भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५९० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

आज मृत्यु भएकामध्ये काठमाडौं उपत्यकाका पाँच जना छन् । काठमाडौंका ५८ वर्षीय र ९१ वर्षीय दुई पुरुष तथा ७९ वर्षीय एक महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको हो । यस्तै ललितपुरकी ७३ वर्षीया एक वृद्धा र भक्तपुरकी ८२ वर्षीया महिलाको पनि कोरोना संक्रमणको कारण ज्यान गएको छ ।

मृतकको विवरणः

यसैबीच देशभरका आइसियूमा २३५ जना संक्रमित उपचाररत छन् भने भेन्टिलेटरमा ४२ जना संक्रमित छन् । 
 


कस्तो लाग्यो ?

यो पनि