काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५ सय ७८ पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप १५ जना कोरोना संक्रमितको मृत्यु भएसँगै मृतकको संख्या ५ सय ६३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मृत्यु हुनेहरुमा प्रदेश १ को मोरङमा ४० र ६० वर्षीय पुरुष, प्रदेश २ को सिरहामा ५० वर्षीया र रौतहटमा ७२ वर्षीया महिला रहेका छन् ।
बागमती प्रदेशमा काठमाडौंका ६६ र ७२ वर्षीया महिलाको मृत्यु भएको छ भने ४५, ५३, ६४ र ६९ वर्षीय पुरुषको ज्यान गएको छ । यस्तै, ललितपुरका ४६ वर्षीय पुरुष, चितवनका ६१ वर्षीय पुरुषको पनि कोरोना संक्रमणबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
लुम्बिनी प्रदेशको रुपन्देहीमा ५५ वर्षीय पुरुष, नवलपरासीमा ७६ वर्षीय पुरुष र दाङकी ७१ वर्षीया महिलाको मृत्यु भएको छ ।
यो संक्रमितको तुलनामा मृत्यु हुनेको प्रतिशत शून्य दशमलव ६१ प्रतिशत रहेको मन्त्रालयले जानकारी दिएको छ ।