असोज ०६, २०८१, आइतबार
               

अस्पताल लैजाँदै गर्दा दुई कोरोना संक्रमितको मृत्यु

नेपाल फ्ल्यास
असोज १६, २०७७

ADVERTISEMENT

मोरङ । मोरङमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । विराट मेडिकल कलेजमा उपचारका लागि लैजाँदै गर्दा सुनसरी खनारका एक वृद्ध र सिराहाका एक पुरुषको शुक्रबार बाटोमै म एम्बुलेन्समै मृत्यु भएको हो ।

मेडिकल कलेजका आइसोलेसन इञ्चार्ज सुनिल देवले अस्पताल आउने क्रममा दुवै जनाको मृत्यु भएको जानकारी दिए । उनका अनुसार मृतक दुवैको स्वाब संकलन गर्दा कोरोना पुष्टि भएको हो । मृत्यु हुनेमा सुनसरीको इटहरी उपमहानगरपालिका–१३ खनारका ९२ वर्षीय वृद्ध र सिराहा सुकीपुर नगरपालिका–२ का ५५ वर्षीय पुरुष छन् । 

इटहरीका वृद्धमा तीन दिनअघि कोरोना पोजेटिभ देखिएको थियो । कोरोना पोजेटिभ देखिएपछि होम आइसोलेसनमा बसेका उनलाई श्वासप्रश्वासमा समस्या भएपछि आफन्तले अस्पताल ल्याएका थिए । अस्पतालमा आइपुग्दा वृद्धको शरीर चिसो भइसकेको अवस्थामा पाइएको देवले बताए । मृतक वृद्धमा दम, उच्च रक्तचाप र मधुमेहको पुरानै समस्या रहेको उनको भनाइ छ ।

सिराहा सुकीपुर नगरपालिका–२ का ५५ वर्षीय संक्रमित पुरुषलाई विराटनगरको नोवेल मेडिकल कलेजबाट थप उपचारका लागि विराट मेडिकल कलेज लगिएको थियो ।


कस्तो लाग्यो ?

यो पनि