काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट नेपाली सेनामा कार्यरत थप एक सैनिक जवानको मृत्यु भएको छ ।
बझाङ जिल्ला घर भई काठमाडौं उपत्यकामा कार्यरत सैनिक जवानको शुक्रबार वीरेन्द्र अस्पताल छाउनीमा उपचारको क्रममा मृत्यु भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
असोज ६ गते छारे रोगको लक्षण देखिएपछि आइसीयूमा भर्ना गरिएका उनमा कोरोना ८ गते संक्रमण पुष्टि भएको थियो ।
योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने सैनिकको संख्या दुई पुगेको छ ।
नेपाली सेनाको मुख्यालय जङ्ग्गी अड्डाका अनुसार नेपाली सेनामा कोरोना संक्रमितको कुल संख्या २,१९७ रहेको छ भने निको हुनेको संख्या ५३९ र सक्रिय संक्रमित १,६५६ रहेको छ ।