असोज ०६, २०८१, आइतबार
               

मोरङ र बाँकेमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु

नेपाल फ्ल्यास
असोज ०७, २०७७

ADVERTISEMENT

प्रदेश १ को मोरङ र प्रेदेश ५ को बाँकेमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

विराट मेडिकल कलेज, मोरङको आइसोलेसन कक्षमा उपचाररत झापाको भद्रपुर नगरपालिका–१० का ८६ वर्षीय वृद्धको बुधबार विहान मृत्यु भएको

स्वासप्रश्वासमा समस्या आउनुका साथै ज्वरो समेत आएपछि अस्पताल भर्ना भएका वृद्धमा सोमबार कोरोना संक्रमण पुष्टि भएको थियो ।

उपचारको क्रममा उनमा जटिल खालको निमोनिया देखिनुका साथै मिर्गौलामा समेत समस्या देखिएको अस्पतालले जानकारी दिएको छ ।

योसँगै प्रदेश १ मा ५७ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

वडाध्यक्षको मृत्यु

बाँकेको भेरी अस्पतालमा उपचाररत एकजना कोरोना भाइरस संक्रमितको बुधबार बिहान साढे १० बजे मृत्यु भएको छ । 

मृत्यु हुनेमा बारबर्दिया नगरपालिका वडा नं. ३ का वडाध्यक्ष (३९ वर्षीय) सूर्यबहादुर थारु रहेको जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

स्वास्थ्यमा समस्या आएपछि उनलाई भदौ २९ गते भेरी अस्पताल भर्ना गरिएको थियो । उनको पिसिआर परीक्षण गर्दा ३० गते उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

योसँगै बाँकेमा पाँच जना कोरोना संक्रमितको मृत्यु भएको छ । यसअघि कैलाली, अछाम, अर्घाखाँचीँ, सुर्खेत र बर्दियाका कोरोना संक्रमितको बाँकेमा मृत्यु भएको थियो ।


कस्तो लाग्यो ?

यो पनि