काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ६४७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार उपत्यकाका तीन जिल्ला (काठमाडौं, ललितपुर, भक्तपुर) मा थप ६४७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार उपत्यकाको काठमाडौंमा मात्रै ५११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसैगरी भक्तपुरमा ६३ जना र ललितपुरमा ७३ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको छ ।