काठमाडौं । जुम्लामा अनशन बसेका डा. गोविन्द केसीलाई काठमाडौंको ट्रमा सेन्टरमा लगिएको छ । शिक्षण अस्पतालमा अनसन बस्ने बताएका डा. केसीलाई नेपालगञ्जबाट बुद्ध एयरको उडानमार्फत काठमाडौं ल्याइ सोझै ट्रमा सेन्टर लगिएको हो ।
शिक्षण अस्पतालमा कोरोना संक्रमणको जोखिम हुने भन्दै प्रहरीले जबर्जस्ती ट्रमा लगेको लगेको डा. केसीका सहयोगीले बताए । ती सहयोगीका अनुसार ट्रमा सेन्टरमा चिकित्सकहरुले उनको जरुरी जाँचहरु गरिरहेका छन्।
शिक्षण अस्पताल जान चाहेका केसीले ट्रमा सेन्टरमा झर्न नमाने पछि नेपाल प्रहरीले बोकेर ट्रमाको आकश्मिक कक्षमा लगेको छ। भित्र कसैलाई पनि जान दिइएको छैन ।