असोज ०६, २०८१, आइतबार
               

काभ्रेमा कोरोना संक्रमित महिलाको मृत्यु

नेपाल फ्ल्यास
असोज ०६, २०७७

ADVERTISEMENT

काभ्रे । पनौती नगरपालिका–५ चौकोटकी एक कोरोना संक्रमित महिलाको धुलिखेल अस्पतालमा सोमबार राति मृत्यु भएको छ । 

योसँगै काभ्रेपलाञ्चोकमा कोरोना संक्रमित तीन महिला र दुई पुरुष गरी पाँच जनाको मृत्यु भएको छ ।

५० वर्षीया ती महिलाको कोरोना संक्रमणपछि धुलिखेल अस्पतालको भेन्टिलेटरमा उपचारका क्रममा १९ दिनपछि मृत्यु भएको कोभिड-१९ रोकथाम तथा नियन्त्रण कमाण्ड पोष्टका सदस्यसचिव एवं जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा. नरेन्द्र झाले बताए । 

उनका अनुसार आमाशयको क्यान्सर रोगी महिला धुलिखेलमा उपचार गर्न आउनुअघि काठमाडौँ मेडिसिटी अस्पतालमा ‘केमो’ लिने गर्दै आएकी थिइन् ।

हालसम्म काभ्रेपलाञ्चोकको पनौती नगरपालिकाका दुई, पाँचखाल नपाका एक र धुलिखेल नपाका दुईको मृत्यु भएको छ । नेपालमा कोरोना भाइरसबाट पहिलोपटक काभ्रेपलाञ्चोकस्थित धुलिखेल अस्पतालमा उपचाररत सिन्धुपाल्चोककी २९ वर्षीया सुत्केरीको मृत्यु भएको थियो ।

हालसम्म काभ्रेपलाञ्चोकका ४६९ मा कोरोना संक्रमण देखिएको छ । पोष्टका अनुसार कूल सङक्रमितमध्ये पाँचको मृत्यु भएको छ भने ३१२ उपचारपछि घर फर्किएका छन् । 

एक सय ५३ सक्रिय सङक्रमितमध्ये ९४ अस्पताल आइसोलेसन र ६७ को होम आइसोलेसनमा उपचाररत छन् । 


कस्तो लाग्यो ?

यो पनि