बैशाख २४, २०८१, सोमबार
               

काठमाडौंको ग्राण्डी अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु

नेपाल फ्ल्यास
असोज ०५, २०७७

ADVERTISEMENT

काठमाडौं । काठमाडौंको ग्राण्डी अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु भएको छ । 

रुपन्देही देवदह नगरपालिका-९ का ६९ वर्षीय वृद्धको उपचारको क्रममा सोमबार सो  अस्पतालमा मृत्यु भएको हो । उनमा भदौ २२ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

परिवारका आठ सदस्यमा कोरोना संक्रमण पुष्टि भएकाहरुमध्ये हाल उनकी श्रीमती र छोराको ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ । तर, अन्य सदस्यको भने अवस्था सामान्य रहेको बताइएको छ । वृद्धको मृत्युसँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या रुपन्देहीमा १९ पुगेको छ ।

यो पनि