मंसिर ०७, २०८१, शुक्रबार
               

कोरोना संक्रमितको शव १९ घन्टा बित्दा पनि उठेन

नेपाल फ्ल्यास
असोज ०५, २०७७

ADVERTISEMENT

काठमाडौं । सप्तरीमा कोरोना संक्रमितको शव करिब १९ घन्टा बित्दा पनि उठ्न  सकेको छैन ।

विष्णुपुर गाउँपालिका वडा-३ निवासी ६२ वर्षीया महिलाको शव यति लामो समयसम्म उठ्न नसकेको हो । मृत्युपश्चात् उनको शवलाई आइसोलेसनको खुल्ला प्राङ्गणमा राखिएको छ ।

असोज २ गते स्वास प्रश्वासमा समस्या भएपछि राजविराज गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकी उनको राजविराजस्थित साइकृष्णा आइसोलेसन केन्द्रमा आइतबार साँझ मृत्यु भएको थियो ।

अस्पताल भर्ना भएकै दिन स्वाब संकलन गरी कोरोना परीक्षण गरिएको थियो । उनमा कोरोन पुष्टि भएसँगै उनलाई आइसोलेसन केन्द्रमा पठाइएको थियो । उनको मृत्यु सोही  आइसोलेसनमा भएको थियो । 

शव खाना खाने ठाउँनजिकै राखिएकाले  आइसोलेसनमा बसेका अन्यले पनि खाना नखाएको बताइएको छ । 

यो पनि