काठमाडौं । बाँकेमा एक कोरोना संक्रमित कैदीको मृत्यु भएको छ । सुर्खेत जिल्ला गुर्भाकोट नगरपालिका– ४ निवासी ५८ वर्षीय कैदी पुरुषको आज मृत्यु भएको बताइएको छ ।
गत भदौ २१ गते कोरोना पुष्टि भएपछि उनी २२ गतेदेखि भेरी अस्पतालको आइसोलेसनमा उपचाररत थिए । कर्तब्य ज्यान मुद्दामा सुर्खेत कारागारमा रहेका उनलाई उपचारका लागि बाँके कारागारमार्फत भेरी अस्पतालमा भर्ना गरिएको थियो ।