काठमाडौं । बाँकेमा एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । शनिबार राति एक पुरुषको मृत्यु भएसँगै जिल्लामा कोरोनाबाट मृत्यु हुनेको संख्या १० पुगेको छ ।
नेपालगञ्ज उपमहानगरपालिका–२१ पुरैनीका ५९ वर्षिय पुरुषको भेरी अस्पतालमा उपचारका क्रममा शनिबार राति साढे ११ बजे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।
स्वास्थ्यमा समस्या देखिएपछि उनलाई उपचारकाे गत लागि भदौ २० गते भेरी अस्पतालमा भर्ना गरिएको थियो। उनमा भदौ २१ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।