काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ७११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार उपत्यकाका तीन जिल्ला (काठमाडौं, ललितपुर, भक्तपुर) मा थप ७११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । यो संख्या शनिबारकाे कुल संक्रमितकाे ५९ प्रतिशत हाे ।
मन्त्रालयका अनुसार उपत्यकाको काठमाडौंमा मात्रै ५७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसैगरी भक्तपुरमा ८३ जना र ललितपुरमा ५८ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको छ ।