जेठ ०६, २०८१, आइतबार
               

ललितपुरमा चार जना कोरोना संक्रमितको मृत्यु

नेपाल फ्ल्यास
असोज ०३, २०७७

ADVERTISEMENT

ललितपुर । ललितपुरका दुई अस्पतालमा उपचाररत चार जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य कार्यालय ललितपुरका अनुसार, ललितपुरको पाटन अस्पतालमा तीन जना र मेघा अस्पतालमा एक जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

पाटन अस्पतालमा ललितपुरकी ६८ र ७५ वर्षीया महिला तथा सर्लाहीका ६० वर्षीय पुरुषको मृत्यु भएको हो । ६८ वर्षीया महिलालाई भदौ २५ गते, ७५ वर्षीया महिलालाई भदौ २० गते र ६० वर्षीय पुरुषलाई भदौ २६ गते अस्पताल भर्ना गरिएको थियो ।

त्यस्तै भक्तपुरकी ९० वर्षीया संक्रमित महिलाको पनि शनिबार बिहान मृत्यु भएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ । उनलाई असोज १ गते अस्पताल भर्ना गरिएको थियो ।


कस्तो लाग्यो ?

यो पनि