बैशाख १८, २०८१, मंगलबार
               

कोरोना संक्रमित सुनसरी र सप्तरीका दुई पुरुषको मृत्यु

नेपाल फ्ल्यास
भदौ ३१, २०७७

ADVERTISEMENT

काठमाडौं । कोरोना संक्रमित सुनसरी र सप्तरीका दुई पुरुषको मृत्यु भएको छ । सप्तरी जिल्लाको खडक नगरपालिका– ३ निवासी ३५ वर्षीय पुरुषको आज (बुधबार) बिहान मृत्यु भएको बताइएको छ ।

मृतक ती व्यक्ति गजेन्द्र नारायण सिंह अस्पतालमा कोरोना पुष्टि रिफर भएर विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ३० गते भर्ना भएको उक्त अस्पतालले जनाएको छ ।

त्यस्तै, धरान उपमहानगरपालिका १७ का ७० वर्षीय पुरुषको पनि ३० गते राति मृत्यु भएको बताइएको छ । अस्पतालमा उपचार गराइरहेका उनमा  यही भदाै २८ गते कोरोना पुष्टि भएको जनाइएको छ । 
 


कस्तो लाग्यो ?

यो पनि