जेठ ०६, २०८१, आइतबार
               

पोखरा र काठमाडौंमा दुई जना कोरोना संक्रमितको मृत्यु

नेपाल फ्ल्यास
भदौ ३०, २०७७

ADVERTISEMENT

पोखरा । गण्डकी प्रदेशका थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । एक जनाको पोखरास्थित मणिपाल अस्पतालमा र अर्का एक जनाको वीरेन्द्र सैनिक अस्पताल छाउनी, काठमाडौंमा मृत्यु भएको हो ।

कास्कीको पोखरा महानगरपालिकाका–७० वर्षीय पुरुषको सोमबार राति ११ बजेर २० मिनेटमा मणिपाल अस्पतालमा मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीले जानकारी दिएको छ ।

स्वास्थ्यमा थप समस्या देखिएपछि उनलाई भदौ २५ गते अस्पताल भर्ना गरिएको थियो । उनी क्यान्सरको बिरामी समेत रहेको अस्पतालले जनाएको छ ।

यसैबीच, वीरेन्द्र अस्पताल, छाउनीमा उपचाररत गोरखाको बारपाक सुलिकोट–८ की ६३ वर्षीया महिलाको (सोमबार) मृत्यु भएको निर्देशनालयले मंगलबार जानकारी दिएको छ ।

ती महिलामा भदौ २५ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनी पनि क्यान्सर रोगी रहेको बताइएको छ ।

योसँगै गण्डकी प्रदेशमा मृतकको संख्या ३१ पुगेको छ ।


कस्तो लाग्यो ?

यो पनि