जेठ ०६, २०८१, आइतबार
               

दुई पटक पिसिआर पोजेटिभ आएकी महिलामा मृत्युपश्चात् कोरोना नेगेटिभ

नेपाल फ्ल्यास
भदौ २९, २०७७

ADVERTISEMENT

वीरगञ्ज । वीरगञ्जको नारायणी अस्थायी कोभिड अस्पताल गण्डकमा उपचाररत एक महिलाको मृत्युपश्चात् कोरोना रिपोर्ट नेगेटिभ आएको छ । कोरोना  संक्रमित वीरगञ्ज महानगरपालिका-१० की ५५ वर्षीया महिलाको मृत्युपश्चात कोरोना रिपोर्ट नेगेटिभ आएको हो । 

यसअघि क्रमश: उनमा भदौ १२ गरिएको पहिलो  र २२ गते गरिएको दोस्रो पिसिआर परीक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको थियो ।

नारायणी अस्थायी कोभिड अस्पताल गण्डकमा उपचारको क्रममा आइतबार दिउँसो उनको मृत्यु भएको थियो । 

नारायणी अस्पतालका प्रवक्ता डाक्टर अतुलेश चौरसियाका अनुसार कोभिड निमोनियका कारण लामो समयसम्म आइसियुमा उपचाररत उनलाई शनिबारबाट भेन्टिलेटरमा राखी उपचार गरिएको थियो । उनमा भदौ १२ गते कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसैगरी, २२ गते गरिएको दोस्रो पिसिआर परीक्षणमा पनि उनको रिपोर्ट पनि पोजेटिभ नै आएको थियो ।

उनका दुवै फोक्सो सुक्नुका साथै उनको एक्युट रेस्पाईर्‍याटरी डिस्ट्रेस सिन्ड्रोम (एआरडिएस) अर्थात श्वासप्रश्वास प्रणाली फेल भएर मृत्यु  भएको बताइएको छ । 


कस्तो लाग्यो ?

यो पनि