जेठ ०६, २०८१, आइतबार
               

कोरोनाका कारण सिरहामा एक महिलाको मृत्यु

नेपाल फ्ल्यास
भदौ २९, २०७७

ADVERTISEMENT

काठमाडौं । सिरहामा एक कोरोना संक्रमितको मृत्यु भएको छ । सिरहाको कर्जन्हा नगरपालिका–३ बन्दिपुरकी ३३ वर्षीया महिलाको मृत्यु भएको हो । 

लामो समयदेखि ज्वरोका कारण पीडित उनी जनकपुरस्थित काब्या अस्पताल जनकपुरमा उपचाररत थिइन् । उपचारकै क्रममा सो अस्पतालमा  पिसिआर परीक्षण गर्दा  उनमा कोरोना पुष्टि भएको हो ।

कोरोना पुष्टिसँगै उनलाई प्रादेशिक अस्पताल जनकपुरमा सारिएको थियो ।योसँगै सिरहामा कोरोनाका कारण  मृत्यु हुनेको सङ्ख्या ११ पुगेको छ ।


कस्तो लाग्यो ?

यो पनि