जेठ ०६, २०८१, आइतबार
               

भैरहवा भीम अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु

नेपाल फ्ल्यास
भदौ २९, २०७७

ADVERTISEMENT

बुटवल ।  भैरहवास्थित भीम अस्पतालमा  ५८ वर्षीय कोरोना संक्रमितको मृत्यु भएको छ । 

रुपन्देहीको शिवराज नगरपालिका-५ का ५८ वर्षीय पुरुषको  उपचारका क्रममा मृत्यु भएको हो । बुटवलमा बस्दै आएका उनी भदौ २३ गते स्वास्थ्यमा समस्या देखिएसँगै भीम अस्पतालमा भर्ना भएका थिए । सोही अस्पतालमा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

भीम अस्पतालका सूचना अधिकारी डा. नारायण पोख्रेलका अनुसार उनको मृत्यु  उपचारका क्रममा आइतबार राति  भएको हो । 


कस्तो लाग्यो ?

यो पनि