जेठ ०६, २०८१, आइतबार
               

गैँडाकोटकी कोरोना संक्रमित ६२ वर्षीया वृद्धाको मृत्यु

नेपाल फ्ल्यास
भदौ २९, २०७७

ADVERTISEMENT

चितवन । चितवन मेडिकल कलेजमा उपचारका क्रममा एक कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा गैँडाकोट नगरपालिका–९ बस्ने ६२ वर्षीया वृद्धा रहेको अस्पतालले जनाएको छ ।

ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या आई भदौ १५ गते अस्पतालमा भर्ना भएकी उनमा १७ गते कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमण देखिएसँगै कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको आइतबार राति ११ः३० मा मृत्यु भएको अस्पतालका निर्देशक डा. दयाराम लम्सालले जानकारी दिए ।

हालसम्म जिल्लाका अस्पतालमा उपचारको क्रममा मृत्यु हुनेको सङ्ख्या २७ पुगेको छ । दुई वृद्धाको घरमै मृत्यु भएको थियो । चितवनका १७, मकवानपुरका पाँच, नवलपरासी सुस्ता पूर्वका चार, बारा, गोरखा र कैलालीका एक–एक जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको हो ।


कस्तो लाग्यो ?

यो पनि