जेठ ०६, २०८१, आइतबार
               

विराटनगरका कोरोना संक्रमित वृद्धको मृत्यु

नेपाल फ्ल्यास
भदौ २८, २०७७

ADVERTISEMENT

विराटनगरका एक कोरोना संक्रमित बृद्धकाे मृत्यु भएकाे छ । 

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत उनकाे आइतबार मृत्यु भएकाे हाे । 

प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाका अनुसार आज अपरान्ह मृत्यु भएको हाे । उनी ज्वरो, खोकी र स्वासप्रश्वासमा समस्या भएपछि सुरूमा विराटनगरको म्याक्स अस्पताल भर्ना भएका थिए ।

उनको शव नियमानुसार व्यवस्थापन भइरहेको छ  ।


कस्तो लाग्यो ?

यो पनि