बैशाख २४, २०८१, सोमबार
               

शनिबार थपिए एक हजार २०१ संक्रमित

नेपाल फ्ल्यास
भदौ २७, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप एक हजार २०१ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । 

शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभर एक हजार २०१ जना संक्रमित थपिएको जानकारी दिए ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५३ हजार १२० पुगेको छ । आज जम्मा १० हजार १७६ पिसिआर परीक्षण भएको छ । 

गएको २४ घण्टामा ८५२  संक्रमित डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको जम्मा संख्या ३७ हजार ५२४ पुगेको छ ।


कस्तो लाग्यो ?

यो पनि