बैशाख २४, २०८१, सोमबार
               

कोरोनामुक्त भएकाहरुलाई सम्मान

नेपाल फ्ल्यास
भदौ २७, २०७७

ADVERTISEMENT

बुटवल । बुटवलमा होम आइसोलेसनमा बसी सङ्क्रमणमुक्त भएकाहरुलाई सम्मान गर्ने गरिएको छ ।

भानुपथ निवासी बुटवल उपमहानगरपालिकाका आइटी इन्जिनियर विकेक भुसाल, उनको एक महिनाको छोरा र सँगै बस्ने भान्जीसहित परिवारलाई वडा जनप्रतिनिधि बेदप्रसाद गैरे, आमा समूह अध्यक्ष गिरा बराललगायत टोलवासीले पुष्पगुच्छा प्रदान गरी सम्मान गरेका हुन् । 

बुटवल उपमहानगरपालिका–१३ का उनीहरु घरमै २१ दिन होमआइसोलेसनमा बसी कोरोनामुक्त भएका थिए । 

समुदायस्तरमा कोरोना भाइरस सङ्क्रमण बढेसँगै कोरोना सङ्क्रमितलाई छिमेकी र आफन्तद्वारा फरक व्यवहार गरिएको गुनासा सार्वजनिक भइरहँदा होम आइसोलेसनमा बसी संक्रमणमुक्त भएकाहरुलाई पुष्पगुच्छासहित सम्मान गरिएको हो ।

यो पनि