बैशाख २४, २०८१, सोमबार
               

ललितपुरमा तीन जना कोरोना संक्रमितको मृत्यु

नेपाल फ्ल्यास
भदौ २७, २०७७

ADVERTISEMENT

ललितपुरमा उपचाररत तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । 

ललितपुरको पाटन अस्पतालमा दुई जनाको मृत्यु भएको हो भने मेघा अस्पतालमा एक जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

पाटन अस्पतालमा काठमाडौंका ५१ वर्षीय पुरुषको आज बिहान र  भक्तपुरका ७२ वर्षीय पुरुषको गएराति मृत्यु भएको हो । 

अस्पतालमा उपचाररत ५१ वर्षीय पुरुषको आज बिहान दुई बजे र ७२ वर्षीय पुरुषको गएराति पौने १० बजे मृत्यु भएको अस्पतालले जानकारी दिएको छ ।

काठमाडौंका ५१ वर्षीय पुरुषलाई भदौ १९ गते र भक्तपुरका ७२ वर्षीय पुरुषलाई भदौ १७ गते पाटन अस्पताल भर्ना गरिएको थियो ।

यसैबीच, ललितपुरस्थित मेघा अस्पतालमा उपचाररत भक्तपुरका ३८ वर्षीय पुरुषको पनि आज बिहान ७:४० बजे मृत्यु भएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ । उनलाई भदौ २६ गते अस्पतालमा भर्ना गरिएको थियो ।


कस्तो लाग्यो ?

यो पनि