बैशाख २४, २०८१, सोमबार
               

उपत्यकामा थपिए अहिलेसम्मकै धेरै संक्रमित

नेपाल फ्ल्यास
भदौ २६, २०७७

ADVERTISEMENT

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ६९६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, काठमाडौं उपत्यकामा ६९६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । यो उपत्यकामा एकैदिन संक्रमित हुनेको अहिलेसम्मकै धेरै संख्या हो ।

मन्त्रालयका अनुसार काठमाडौंमा मात्रै ६२० जना संक्रमित थपिएका छन् ।

त्यसैगरी भक्तपुरमा ३८ जना र ललितपुरमा ३८ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जानकारी दिएको छ ।

यसअघि हिजो (बिहीबार) काठमाडौं उपत्यकामा ५७२ जना कोरोना भाइरस संक्रमित थपिएका थिए ।

यसैबीच, गएको २४ घण्टामा देशभर एक हजार ४५४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका अनुसारः

देशभर सक्रिय संक्रमितको संख्या १४ हजार ९२५ छ ।

संस्थागत आइसोलेसनमा आठ हजार २९१ जना छन् ।

होम आइसोलेसनमा ६ हजार ६३४ जना छन् ।

देशभरका क्वारेन्टाइनमा ६ हजार ७८ जना छन् ।

आज जम्मा १० हजार ७०१ पिसिआर परीक्षण भएको छ । योसँगै हालसम्म आठ लाख २१ हजार १८६ पिसिआर परीक्षण भएको छ ।

गएको २४ घण्टामा ९२७ संक्रमित डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको जम्मा संख्या ३६ हजार ६७२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप पाँच जना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा ३२२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । संक्रमणको तुलनामा मृत्युदर ०.६२ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि