जेठ ०६, २०८१, आइतबार
               

काठमाडौं उपत्यकाका नाकामा थप कडाइ

नेपाल फ्ल्यास
भदौ २६, २०७७

ADVERTISEMENT

काठमाडौं । बिहीवारदेखि लकडाउन केही खुकुलो भए पनि काठमाडौं उपत्यकाका नाकामा थप कडाइ गरिएको छ । भदौ ३ गतेदेखि निषेधाज्ञा खुकुलो बनाइए पनि उपत्यका प्रवेश र बाहिरन कडाइ गरिएको हो । उपत्यकाबाट बाहिरिने र भित्रिने लामो दूरीका सवारी साधन समेत चलेका छैनन् । 

सरकारले चैत ११ गतेदेखि लकडाउन जारी गरेदेखि नै काठमाडौं उपत्यकाभित्रका नाकामा आवत-जावतमा कडाइ गरिएको थियो । बिचमा भने केही खुकुलो पारिएको थियो । भदौ तीन गते राति मध्यरातिदेखि निषेधाज्ञा जारी भएसँगै नाकामा थप कडाइ गरिएको थियो । अहिले निषेधाज्ञा खुकुलो भए पनि कडाइ जारी छ ।

पछिल्लो समय काठमाडौं उपत्यकाभित्र कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या बढ्दै गएपछि आवत-जावतमा कडाइ गरिएको हो । हिजो (बिहीबार) देशभर थपिएका कोरोना संक्रमितको संख्यामध्ये झन्डै आधाजति काठमाडौं उपत्यकाभित्र मात्रै थपिएका थिए । 

‘बिहीवारबाट निषेधाज्ञा केही खुकुलो भएको छ । तर, काठमाडौं उपत्यका भित्रिन भने सहज छैन । अत्यावश्यक काममा पनि प्रशासनबाट जारी भएको पास लिएर मात्र काठमाडौं बाहिर जान पाइने छ,’ जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रशासकीय अधिकृत कमलप्रसाद पाण्डेले नेपालफ्ल्याससँग भने ।

दाहसंस्कार, बिरामी भएमा, कुनै पनि कर्मचारीको सरुवा लगायत अत्यावश्यक काममा भने जिल्ला प्रशासन कार्यालयको स्वीकृति लिएर जिल्ला बाहिर जान पाइनेछ । यसरी जानका लागि सवारी पास लिन प्रशासनले आग्रह गरेको छ । त्यसका लागि काठमाडौं उपत्यका बाहिर जानुको कारणसहित आफू बसेको जिल्ला प्रशासन कार्यालयमा निवेदन दिनुपर्नेछ । त्यसपछि जानुपर्ने ठाउँको जिल्ला प्रशासन कार्यालयले दिएको सिफारिस पत्र पेस गर्नु पर्ने छ । 

त्यसपछि जिल्ला प्रशासन कार्यालय (काठमाडौं, ललितपुर र भक्तपुर) ले जाने व्यक्ति स्वयम् उपस्थित भएर आवश्यक देखिएको खण्डमा सवारी पास उपलब्ध गराउने छ ।

यसरी उपलब्ध गराएको सवारी पासमा तोकिएको मानिसभन्दा बढी मानिस भने जान पाइने छैन । 'अत्यावश्यक कामबाहेक काठमाडौं उपत्यकाभित्र आवत-जावत गर्न समेत कडाइ गरिएको' जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रशासकीय अधिकृत कमलप्रसाद पाण्डेले जानकारी दिए ।


कस्तो लाग्यो ?

यो पनि