जेठ ०६, २०८१, आइतबार
               

बुटवलमा कोरोना संक्रमित पुरुषको मृत्यु

नेपाल फ्ल्यास
भदौ २६, २०७७

ADVERTISEMENT

बुटवल । रुपन्देहीको बुटवलमा आज (शुक्रबार) थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा नवलपरासी पश्चिमको सुस्ता गाउँपालिका–५ का ५५ वर्षीय पुरुष रहेका छन् ।

बुटवलको धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्पतालमा (आईसीयूमा) उपचाररत उनको बिहान ११ बजे मृत्यु भएको हो ।

ती पुरुषमा भदौ १९ गते कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको थियो ।

उनमा कलेजो, मधुमेह र उच्च रक्तचापको समेत समस्या रहेको अस्पतालले जानकारी दिएको छ । 


कस्तो लाग्यो ?

यो पनि